२ महिनाको बच्चा सहित थप १७ जनामा कोरोना पोजेटिभ , संक्रमिको संख्या ९९ पुग्यो…

काठमान्डौ , नेपालमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।यो संगै कोरोना संक्रमितको संक्रमिको संख्या ९९ पुगेको छ ।पर्साको वीरगञ्जजका थप १७ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। डा देवकोटाका अनुसार आज फेला परेका १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस