सुन मान्छे नामले चिनिने घिसिङद्वारा फोहोरको फोटो खिच्न गएका कर्मचारीमाथि निर्घात कुटपिट

काठमाडौं । हिजो असार २७ गते फोहोर थुपार्ने गाडीको फोटो खिच्ने क्रममा सुन मान्छेका नामले चिनिने सुवास घिसिङले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई निर्घात कुटपिट गरेका छन् ।

फोहोर व्यवसायमा संलग्न घिसिङले आफ्नो क्षेत्रमा आएर फोटो खिच बलराम श्रेष्ठमाथि हातमा लगाइएको घोच्ने औँठीले पछाडिबाट टाउकोमा हिर्काएका थिए ।बौद्ध, नयाँवस्तीमा घिसिङको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको अहिले उपचार भइरहेको छ । श्रेष्ठको टाउकोमा तीन टाँका स्टिच गरिएको बागमती सफाइ महाअभियानका अभियन्ता किशोर जंग शाहीले बताए ।

उनले नेपाल प्रेसलाई भने, ‘फोहोर माफियाको यो हरकत निन्दनीय छ । यस्तो प्रवृत्तिको खुलेर विरोध गर्छौँ । बागमती किनारमा फोहोर फाल्नु नै गलत थियो । तर, हटाउने हिम्मत कसैको भएन । यसै कारण उनीहरूको मनोबल बढ्दै जाँदा यसरी संघातिक हमलामा पनि उत्रिन थालो । माफियाहरूको यो हरकत भर्त्सनायोग्य छ ।घिसिङ अहिले पक्राउ परेर महानगरीय प्रहरी वृत्त बौद्धमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस