पसिनाको दुर्गन्धबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपायहरु…

हुनत पसिना आउनु प्राकृतिक प्रक्रिया हो । तर गर्मीयाममा देखिने आम समस्या हो, पसिना र यसबाट आउने दुर्गन्ध । धेरैजसो व्यक्तिको शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु हुन्छ । त्यस्ता व्यक्तिको निकटता बडा कष्टदायक हुने गर्छ ।

गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्दछ ।

पसिना निस्केर सुकेपछि छालामा युरिया र नुन जस्तो तत्व रहिरहन्छ । यही तत्वले रोगाणुलाई आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्दछ । साथै छालाबाट तुरुन्त नहटेमा रोगको कारण पनि बन्न सक्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिन्छ । पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ ।

यस अलावा दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदल्नाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । यस्तै गर्मीयाममा सुती कपडा प्रयोगले समेत फाइदा पुग्न सक्छ ।

थप समाचार : इराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् ।भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ ।

चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ । यस कारण थाइराइण भएको खण्डमा के खाने के नखाने भन्ने जानकारी लिनु आवश्यक छ ।आयोडिनयुक्त खाना:थाइराइड ग्ल्याणले हाम्रो शरीमा आयोडीनलाई लिएर थाइराड हर्मोन उत्पादन गर्छ । यसका लागि हाइपोथाराइड भएको खण्डमा आयोडिन धेरै भएको खाने कुरालाई टाढा राख्न फाइदाजनक हुन्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ ।

कफि:कफिले सिधै थाइराइड बढाउँदैन । तर यसले थाइराइडको कारण उत्पन्न हुने दुखइलाई बढावा दिन्छ । जस्तै बैचनी तथा निन्द्राआदी यसका समस्या हुन् ।रेतो मासु:रातो मासुमा कोलस्ट्रोल तथा फ्याट बढी हुन्छ । यसको प्रयोगले तौल तिव्र रुपमा बढ्छ । थाइराइड हुनेको तौल त यसैपनि तिव्ररुपमा बढ्छ । जसका कारण थप समस्या हुन्छ ।

रक्सी:थाइराइड भएकालाई रक्सी , बीयरआदीले निकै प्रभावित गर्छ । यसले गर्दा शरीरिक उर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत समस्या बढ्छ ।वनस्पति घ्यू:वनस्पति घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू वजारमा भएका होटलआदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस्

प्रतिक्रिया दिनुहोस