स्कुलको कक्षा भेटाउन भनेर तिब्र गतिमा स्कुटरमा हुइकीएकी राधिका म्याडम स्कुलसम्म पुग्न सकिनन्

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा ल डेर मृ त्यु भएको छ ।तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५

वर्षीय आचार्य चढ्नु भएको स्कुटर दु र्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा.९७ प ६९२५ नं स्कुटर अ नियन्त्रित भएर दुर्घ टना भइ भि र बाट ख सेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृ त्यु भएको हो ।घ टना स्थल भन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।उहाँ उक्त विद्यालयमा निमावि तहमा स्थायीशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस