कुबेतको गर्मी ७५ डिग्री सेल्सियससम्म पुग्यो, पानी उम्लिन्छ, गाडीहरु पग्लिन थाले हेर्नुहोस भिडियो सहित

काठमाडौ । वैदेशिक रोजगारी लाखौं नेपालीको रहर नभइ बाध्यता बनिसकेको छ ।स्वदेशमै रोजगारी नपाउँदा वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने सुन्दर सपना बोक्दै लाखौँ नेपाली मलेसिया र खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुगेका छन् ।

आम युवाको अरब सपनाभित्र परिवारको सुख, सन्तानको शिक्षादीक्षा र सुन्दर भविश्यको सपना पनि जोडिएको छ ।तर त्यहाँको कष्ट सुनिसाध्य छैन । अरब मुलुक हो । नेपाली हावापानीमा जन्मिएर हुर्किएका लागि त्यो त्यसैपनि अति जटिल छ ।

गर्मी अत्याधिक छ । अहिले कुवेतमा अत्याधिक गर्मी छ । त्यहाँ तापक्रम मापन गर्ने यन्त्रले नै न्युनतम ३० डिग्री सेल्सियस देखि ४६ डिग्री सेल्सियस सम्म देखाइरहेको छ । ४६ भन्दा माथी हत्तपत्त नदेखाउनेगरी यन्त्रहरु जडान गरिएको छ ।

शुक्रबार दिउँसो १२ बजे अधिकतम ५० डग्री सेल्सियस र न्युनतम मात्र ४६ डग्री सेल्सियस मापन गरिएको थियो । यो अत्याधिक गर्मी हो ।तर स्मार्ट वाचहरुमा ७५ डग्री सेल्सियससम्म देखाएको रेकर्ड छ । ६५ डग्री सेल्सियस सम्म त प्राय देखाउँछ नै । गर्मी अत्याधिक भएपछि देख्न सकिन्छ सडकका अलोकत्राहरु पग्लिरहेका छन् ।

सडकमा भएका प्लाष्टिकका सामान पग्लिरहेको देख्न सकिन्छ । पानी उम्लिए बराबर भएको हुन्छ । गाडीहरुका रंगहरु पग्लिएर तप्प तप्प चुहिरहेको देखिन्छ ।यस्तो ठाउँ जहाँ मानवको कल्पना नै गर्न सकिन्न । तरपनि बाहिरी फिल्डमा काम गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस