धार्मिक ग्रन्थमा मात्र लेखिएको १६ फिटको ‘श्रापयुक्त माछा’ भेटियो, यो भेट्नु प्रलयको संकेत

पृथ्वीका धेरै रहस्यहरू समुद्रमा दविएका छन्। जसको बारेमा हामीलाई थाहा हुन सकिरहेको हुन्न । कहिलेकाहीँ यस्ता प्राणी पनि भेटिन्छ। जुन हामीले चलचित्रमा पनि देखेका छैनौँ । यसको बारेमा कुनै पौराणिक कथामा मात्र लेखिएको सुनेका छौ ।

यस्तै एउटा माछा चिलीमा फेला परेको छ । माछा मार्नेको हातमा यो माछा आएको हो यो माछा श्रापित हो भन्ने विश्वास गरिन्छ । यो फेला पर्नुले केही ठूला अप्रिय घटना हुने सम्भावना रहेको विश्वभरी अनुमान र विश्वास गर्न थालिएको छ ।

जानकारीका अनुसार यो श्रापित माछालाई ठूलो आकारको ‘ओरफिस’ भनिन्छ । रिपोर्टका अनुसार माछा मार्नेहरूले यसलाई चिलीको तटमा समातेका छन्। मानिसहरु यसको कद देखेर छक्क परे र यसलाई आफ्नो क्यामेरामा कैद गर्ने प्रयास गरे।

अहिले उक्त माछाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन टिकटकमा अपलोड गरिएको छ । भाइरल भइरहेको तस्वीरमा यो अनौठो प्राणीलाई धेरै मजदुरहरूलाई एकै साथ हुकबाट तल ल्याएको देख्न सकिन्छ। यसको लम्बाइ १६ फिटभन्दा बढी रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यसअघि यो माछा सन् २०११ मा जापानमा देखिएको थियो । त्यसपछि फुकुशिमामा शक्तिशाली भूकम्प गएको थियो । जसका कारण यो माछा देख्दा कुनै अप्रिय घटना हुने खतरा रहेको मानिसहरुको विश्वास छ ।

चिलीमा यो माछा देखेर मानिसहरु डराएका छन् । उनीहरु भूकम्प वा अन्य कुनै ठूलो प्रकोपको जोखिममा रहेको भन्दै त्रासमा छन् । यो भिडियो टिकटकमा निकै भाइरल भइरहेको छ । समाचारका अनुसार १ करोडभन्दा बढी भ्युज प्राप्त भइसकेको छ । धेरैले कमेन्ट पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस