म त हाँसेरै फिल्म चलाउँछु, रोएर सँधै फिल्म चल्छ भन्ने छैन भन्दै पूर्जा शर्मामाथि व्यग्यं कसे प्रदिप खड्काले

नायिका पूजा शर्माले फिल्म ‘सम्झना बिर्सना’को प्रचार प्रसारमा नहिँडेको आरोप खेपीरहेका बेला नायक प्रदिप खड्काले ‘स्क्यान्डलले फिल्म नचल्ने प्रतिक्रिया दिएका छन् ।मंगलवार फिल्म ‘प्रकाश’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता प्रदिपले पूजा लक्षित व्यग्यं गर्दै रोएर फिल्म नचल्ने भन्दै प्रतिक्रिया दिएका हुन् ।

पूजाले ‘म यस्तो गीत गाउँछु २’ रोएर चलाउँदा र सम्झना बिर्सनाको प्रचारप्रसारमा जिम्मेवार तरिकाले कुनै भूमिका पनि नदेखाउँदा फिल्म त चल्नका लागि रुनै पर्ने रहेछ भन्ने भानलाई चिर्दै प्रदिपले आँफु भने हाँसेर फिल्म चलाउने प्रतिक्रिया दिएका छन् ।

शुक्रबार फिल्म प्रकाशको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले सोधेका प्रश्नको उत्तर दिँदै प्रदिपले भने स्क्यान्डलले फिल्म चल्दैन, फिल्म कन्टेन्टले चल्ने हो । चर्चाले शुक्रवार व्यापारमा केही फाइदा त गर्दा तर, फिल्म नै राम्रो भयो भने मात्र चल्छ । स्क्यान्डलले फिल्म चल्छ भन्ने म चाहिँ मान्दिनँ ।’

प्रदिपले आफ्नो भनाईलाई पूजो लक्षीत नै बनाउँदै पूजाले दर्शकहरुको सान्त्वना बटुल्न ‘मिसयूज’ गरेको आशयले आफ्नो प्रतिक्रिया दिएका छन् । फिल्म ‘प्रेमगीत’बाट चम्किएका प्रदीप र पूजाको लामो समयदेखि पानी बाराबारको अवस्थाकाबिच प्रदिपले अहिले आएर पूजाप्रति गहिरो कटाक्ष गर्न पछि परेनन् ।

प्रतिक्रिया दिनुहोस