हरियो केराउ खानुका यस्ता छन् फाइदाहरु !

एजेन्सी । मटर (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो। मटर एक तुषारो(सहने, शीतकालको पोषणयुक्त दाल जातीय सब्जी हो, जो विश्वभरि व्यापक मात्रामा उत्पादन गरिन्छ । एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण (मन्दताप) क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध (गर्मी क्षेत्र)(मा चिसो उच्च क्षेत्र र उप(उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो सीमित हुन्छ।

यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो। यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ। मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ। हरियो केराउ स्वाद, स्वास्थ्य र सौन्दर्यको अनौठो मिश्रण हो । त्यसैले हाम्रो दैनिक भोजन खाने समयमा केराउ पनि खादा यसका १० फाइदाहरु यस्ता छन् ।

१. हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ। २. महिनावारी गढबढी हुने समस्या तथा महिनावारीको समयमा हुने दुखाई कम गर्छ । ३. केराउमा भरपुर मात्रामा फाइबरको मात्रा हुनाले शरिरमा बोसो जम्न दिदैन जसको कारणले शरिरको मोटोपन कम गर्छ ।

४.शरीरमा कुनै प्रकारको जलन हुदा केराउको लप लाएमा आराम मिल्छ । ५.केराउमा भिटामिन सी पाइने हुदा हाम्रो शरीरलाई पाचन प्रक्रिया शक्ति बढाउनको लागि मद्त गर्दछ साथै पेटमा हुने क्यान्सरबाट पनि टाढै राख्दछ ।
६. हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागनेसीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै हड्डीलाई दह्रो बनाउन मद्दत पुर्याउछ ।

७. रियो केराउको सेवनले गर्दा मुटुलाई फाईदा पुर्याउने संगै कोलेष्ट्रोललाई समेत ब्यालेन्समा राख्न मद्दत पुर्याउनेछ । ८.हरियो केराउमा एंटी अक्सिडेन्टले प्रतिराधात्मक क्षमता पनि बढाउँछ ।९. केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ । १०. हरियो केराउलाई नियमित खाँदा लामो समयसम्म जवान देखिन मद्दत गर्छ र बढ्दो उमेरको असर चाँडो देखिदैन ।

प्रतिक्रिया दिनुहोस