अलबिदा बलिउड : अभिनेत्री अरुणा इरानि

कलाकार ईरानीले थुप्रै सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् । तर उनले हालसालै बलिउडमा काम नगर्ने निर्णय गर्दै बलिउडबाट बिदा लिएकी हुन्।कलाकार इरानीले सदाकालागी भने बलिउड छाडेकी हैनिन् । पछिल्लो समय पुरै विश्वलाई नै हल्लाई रहेको कोरोनाको कारण कलाकार इरानीले आफुलाई कुनै पनि प्रकारको क्यामेरा अगाडी नआउने बताउँदै बलिउडबाट बिदा भएकी हुन् । उनी कोभिड महामारी सुरु भएदेखि क्यामराबाट टाढिएकी हुन् ।

हालैमात्र उनले अभिनयबाट टाढिएको कारणका बारेमा खुलासा गरेकी छन् । उनले आफ्नो उमेर बढ्दै गएको कारण सेटमा फर्कन नसकेको जनाएकी पनि गराएकी छन् । ‘हामीलाई सेटमा फर्कन समय लाग्नेछ । मेरो उमेरलाई हेर्दा बाहिर निस्कन र काम गर्न यो सही समय होइन । मलाई कहिलेकाँही पुनः काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । तर जीवनको अवस्थाले मलाई कुनै नयाँ प्रोजेक्टसँग जोडिन डर लाग्दैछ’, उनले भनेकी छन् ।

अरुणाका अनुसार उनलाई परिवारले कामबाट अवकाश लिन निरन्तर दबाब दिइरहेका छन् । आफ्नो स्वास्थ्यको ख्याल गर्ने भएकाले पनि परिवारको दबाबमा आफू सहमत भएको उनको भनाइ छ । ‘मैले अहिलेसम्म धेरै काम गरिसकें । अब मेरो लागि आराम गर्ने समय आएको छ । तर कहिलेकाँही घरमा बस्दा बस्दा दिक्क लाग्छ’, उनले भनेकी छन् । उनी पछिल्लो पटक सोनी टेलिभिजनमा ‘ये उन दिनों कि बात हेमा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस