एउटै रुखका २ वटा हाँगामा यी ३ युवतीले चालेको अप्रिय कदमले सिंगो गाउँमा नै आज खाना समेत पाकेन

कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झु, ण्डि, एको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ ।

स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झु, ण्डि, ए को अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ । आज बिहान दले गाउँमा कसैको घरमा चुलोसमेत बलेन ।उनीहरु एकै पटक झु ण्डि नुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

तीनै जनाको श वलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । “नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिकरूपमा एउटै रुखमा झु ण्डि एर मृ त्युवरण गरेको यो पहिलो घ,टना हो”, उहाँले भन्नुभयो, “यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झु ण्डि एका घ टना थिए । एउटै उमेरका किशोरी यसरी एकै पटक झु ण्डि नुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ ।” उहाँले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।

मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोराछोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताउनुभयो । अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन् । कल्पना करिनाकी छिमेकी हुन् । अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको उहाँको भनाइ छ ।

“तीनै जना आफ्ना अभिभावकसँगै बगानमा मजदुरी गर्थे”, उहाँले भन्नुभयो, “यो घ ट नाले वडा नै शोकमय बनेको छ । आज बिहान कसैको घ रमा खानासमेत पाकेन । विचित्रको घटना भयो ।”

प्रतिक्रिया दिनुहोस