बालेनले फेसबुकमा लेखे : मलाई राजीनामा गराउन खोज्दैछन्

१३ फागुन, कामठाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पआफूलाई राजीनामा गराउन खोजेको बताएका छन् ।

शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।

‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् । बालेनले यस विषयमा थप खुलाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस