कारागारबाट रिहा भएपछि पलले भने – कष्टकर समयमा साथ दिने सबैलाई धन्यवाद

काठमाडौं । आज कारागारबाट हिा भएपछि अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद भन्दैै उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंएका थिए ।

परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा दुबोकोर फुलाको माला खुशी देखिएका थिए । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् ।

एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ । काठमाडौंमा आएपछि उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस