घरमा पल शाहलाई भब्य पुजा सहित स्वागत, एक बर्ष पछी गृह प्रबेश गर्दैगर्दा भने म विश्वविद्यालयमा थिए (भिडियो सहित)

अभिनेता पल शाहलाई घरमा पुजा सहित स्वागत गरिएको छ । घरमा पनि उनको स्वागतका लागि उनका परिवार साथै समर्थकको भीड लागेको थियो । सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह हिजो काठमाडौँ आएका हुन् ।

काठमाडौँ आउने क्रममा फ्यान र सिने पत्रकारहरुले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको बताएका छन् । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । काठमाडौं आएका उनि अब करिब एक महिना आराम गरेपछि मात्र उनी काममा फर्किने छन् । अभिनेता शाहलाई अदालतले सफाइ दिएपछि चलचित्र क्षेत्रले मुक्तकण्ठले प्रसंसा गरेको छ ।

प्रतिक्रिया दिनुहोस