घट्यो सुनको मूल्य , हेर्नुहोस् यस्तो छ आजको सुन-चाँदीको भाउ…

काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ। आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबारको तुलनामा सुनको मूल्य आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २ हजार रुपैयाँ कायम छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो बिहीबार तोलामा १ हजार २७० थियो । यसमा ५ रुपैयाँको गिरावट आएसँगै तोलामा १ हजार २६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस