ओलीले प्रचण्डलाई भने – ‘धोकेबाज हौ तिमी धोकेबाज हौँ तिमी’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोखा दिएको आरोप लगाएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश, जनता र सहयोद्धालाई धोखा दिएका दाहालले यस पटक आफुलाई पनि धोखा दिएको बताएका हुन् ।

उनले अगाडी भनेका छन् , जनतालाई धोखा दिनु भयो, सहयोद्धालाई धोखा दिनु भयो, आफुलाई त्यहाँसम्म पुर्याउनेलाई धोखा दिनुभयो भने मलाई धोखा दिनु कुन ठुलो कुरो भयो र ?

प्रचण्डले ढाट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले उल्लेख गरेका छन् । यसैगरी लोकतान्त्रिक सरकार बनाउन र जनताका समस्या सामाधान गर्ने गरी आफु अघि बढ्ने प्रयास गरेको तर प्रचण्डकै कारण सो प्रयास असफल भएको ओलीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

२२ भदौ २०५८ मा देशमा युद्धविराम थियो । तर, पर्सा जिल्लाको एउटा गाउँमा युद्धविराम निष्प्रभावी बन्यो र बस्ती युद्धस्थलमा परिणत भयो । गाउँमा आमसभा गर्न खोज्ने माओवादी र उनीहरूलाई गाउँ पस्न नदिन बनेको प्रतिकार समितिबीचको भिडन्तले गाउँ अशान्त थियो ।

त्यहाँ आमसभा गर्न पुगेका १३ माओवादी कार्यकर्तामध्ये केही पक्राउ परे, केही भागे । तीन जना महिलालाई भने प्रतिकार समितिले कब्जामा लियो । प्रतिकार समितिले त्यो गाउँका केही घरमा आगो लगाइदियो ।

प्रहरीले पक्राउ गरेका माओवादीका स्थानीय कार्यकर्ता समयक्रममा छुटे । तर, प्रतिकार समितिले पक्राउ गरेका तीन महिला सार्वजनिक रूपमै सामूहिक बलात्कारमा परे । त्यसमध्ये एक जनाको अहिलेसम्म पनि नामोनिसान छैन ।

त्यस दिन त्यहाँ सामूहिक बला’त्कारमा पर्नेहरूलाई हामीले ए–१, बी–१ र सी–१ नाम दिएका छौं । उनीहरू तीनै जनालाई प्रतिकार समितिले चार दिनसम्म कब्जामा लिएर यातना दिएको थियो । ‘सात जनाले बलात्कार गर्दा म होशमै थिएँ’ ए–१ भन्छिन्, ‘अनि म बेहोश भएछु । होशमा आउँदा मेरो हातखुट्टा भाँचिएका थिए । शरीरभरि घाउ थिए ।’

सी–१ को स्तन टोकिएको थियो, शरीरभरि घाउचोट थिए । ‘जे गर्नु छ मलाई गर, त्यो बालिकालाई छाडिदेऊ भनेर ए–१ कराइन् । उनी भन्छिन्, ‘यो गाउँको मान्छे म हो । बरु मलाई मार । तर उनलाई छाडिदेऊ भनेर मैले भनें, तर उनीहरूले सुनेनन् ।’

यसपछि ‘दिदी’ भन्दै रोइरहेकी सी–१ को आवाज केही समयपछि बन्द भयो । भीडले पालैसँग बला’त्कार गर्दै कुटपिट गर्दा उनी बेहोश भइछन् । ए–१ ले पछि सी–१ को रगताम्मे स्तन झुलुक्क देख्न पाएकी थिइन् ।

‘उनी सम्भवतः त्यहीं मरिन् होला, बी–१ मसँगै थिइन्’ ए–१ भन्छिन्, ‘मेरा श्रीमान् र मानवअधिकारकर्मीको जोडबलमा मलाई पत्रकारको जिम्मा लगाइदिएछन् । श्रीमान्ले आफ्नो सम्पत्ति प्रतिकार समितिलाई दिएर मलाई बचाउनुभएछ ।’

‘मलाई बला’त्कार गर्ने मान्छेविरुद्ध मैले माओवादी पार्टी र शान्ति समितिमा पनि किटानी जाहेरी दिएँ’ उनले भनिन्, ‘उनीहरूलाई दण्ड होइन, उल्टो पार्टी प्रवेश गराइयो ।’ अब माओवादीले नै आफूलाई न्याय दिनुपर्ने बताउँदै उनले भनिन्, ‘न्याय दिएनन् भने प्रचण्डको ढोका अगाडि गएर आत्म’दाह गर्छु ।’

युद्धले उजाडिएको परिवार: देशमा युद्ध थियो । युद्धको हावाले ए–१ लाई पनि छोयो । उनलाई माओवादीले किसान संगठनको स्थानीय नेतृत्वको जिम्मेवारी दिए । देशमा युद्धविराम चलिरहेको थियो । माओवादी घरमा आउँथे । माओवादी किन राखेको भन्दै सेना, प्रहरीमा जागिर खाने घरका मानिस र राजनीतिक दलका स्थानीय नेताहरूले दबाव दिने गर्थे ।

ए–१ को बस्ती पहाडबाट झरेकाहरूको नयाँबस्ती थियो । उनीहरूको रुझान माओवादीतिर बढी थियो । पुरानो बस्तीमा रहेकाहरू अधिकांशतः नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीमा संगठित थिए । माओवादीले गतिविधि बढाउँदै जाँदा प्रतिक्रियास्वरूप गाउँमा एमाले–कांग्रेस नेतृत्वले प्रतिकार समिति गठन गरेका थिए ।

माओवादी नेताहरूले गाउँ नजिकै सभा गर्ने जिम्मेवारी ए–१ लाई दिए । उनी त्यो जिम्मेवारी पूरा गर्न गाउँमा सक्रिय भइन् । घटना घटेको दिन ए–१ का पति र ठूली छोरी बारीमा खनजोत गर्दै थिए । छोरो र छोरी पढ्न हिंडिसकेका थिए । अचानक प्रतिकार समितिका मानिस उनीहरू भएतिर आए ।

भागाभागको अवस्था आयो । तर तीन जना महिला भने प्रतिकार समितिको नियन्त्रणमा परे । ए–१ को भनाइमा, सुरुमा उनीहरूलाई खोलामा लगेर सामूहिक बलात्कार गरियो । उनीहरू बेहोश भएपछि गाविस भवनमा लगेर थुनियो ।

पत्रकार र मानवअधिकारकर्मीको टोलीलाई गाउँ पस्न दिइएन । पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकका बारा विशेष प्रतिनिधि गम्भीरा सहनी स्थानीय चौधरीहरूसँग सम्बन्ध बनाएर गाउँ पसेका थिए ।

उनी भन्छन्, ‘सुरुमा हामीलाई गाउँ पस्न दिइएन, विस्तारै स्थानीय चौधरीहरूसँग सम्बन्ध बनाएर गाउँ पस्यौं र रिपोर्टिङ गर्‍यौं’ सहनी भन्छन् । अन्ततः पत्रकार र मानवअधिकारकर्मीहरूको टोलीले ए–१ र बी–१ को जिम्मा लियो र प्रतिकार समितिको कब्जाबाट उनीहरू मुक्त भए ।

‘पत्रकारहरू हाम्रा लागि भगवान सावित भए, हामी मृत्युबाट बच्यौं’ उनी भन्छिन्, ‘हामीलाई छाड्न मेरो श्रीमान्ले १० कट्ठा जमिन प्रतिकार समितिलाई दिनुपर्‍ यो । मेरो श्रीमान्ले जग्गा दिएको तमसुकमा दायाँ–बायाँ ल्याप्चे लगाएपछि मात्रै मलाई छाडेका रहेछन् ।’

यसरी उनीहरू छुटे तर, ए–१ को १२ वर्षीय छोरालाई पनि प्रतिकार समितिले बेपत्ता बनाएको थियो । उनको अहिलेसम्म अत्तोपत्तो छैन । ‘घर जलाएपछि हामी विस्थापित भयौं । मेरा सन्तानहरूले पढ्न पाएनन् । एकजना नाबालक छोरो बेपत्ता नै बनाए’ उनी भन्छिन्, ‘बाँकी रहेका पनि सबै घर न घाटका भएका छौं ।’

प्रतिक्रिया दिनुहोस