घरमा श्रीमती हुँदा हुँदै परस्त्रीलाई श्रीमती भन्न सक्ने केटाहरुको नियतप्रति घृ णा लाग्छ- सिम्रन भट्ट

भनिन्छ मानिसको जीवनमा सुख दुख आउँछन् जान्छन् । मानिस सधै भरि सुखी पनि हुदैन् र दुखी पनि हुदैन् न अजम्बरी हुन्छ मान्छे त् नासिक हो । जिवनमा आएका आरोह अबरोह अनेक स्मरणीय यात्रा जुन मेरो लागि अझै कापी छन । मान्छेको जीवन पुर्ण छैन ।

मान्छे अनेको कुराको खोजिमा हुन्छ सन्तुष्टि कहिले हुन सक्दैन मान्छे । हिजोसम्म एक छाक टार्नको लागि दु:ख गरेर बसेको मान्छे दुई छाकसम्म पुर्याउछ।

अझै सन्तुष्टि हुदैन दिनमा सात पटक भोजन गर्नको लागि दौडिरहेको हुन्छ । असम्भव त केही छैन सम्भव छ । गोर्खा जिल्ला आरु चनौटेमा जन्मिएकी म । मध्यम परिवार त्यही माटोमा हुर्किए,कति पटक चिप्लिए,गाउँ कै स्कुलमा क ख रा पढे,मेलापात सकेसम्म गरे पनि । घरकी जेठी छोरिको रुपमा जन्मिएकी म मेरो छरछिमेक,आमाबुबा ,दाजुभाइ दिदिबहिनीबाट भने साथ सपोर्ट र अथाह माया अनि प्रेरणा पाएकी छु ।

सायद त्यसैले होला जता गए पनि मलाई मायाको कमि हुदैन । मान्छेको जीवन गतिशील छ । अनेक दु:ख,सुख झेल्दै बाचेको हुन्छ मान्छे ।

बिचार
अनेक संघर्ष गरेर अगाडी बढेको हुन्छ मान्छे । स्कुल जीवन गाउँ मै बिताएकी म केही आशा अभिलास बोकेर २०६९ सालमा राजधानी छिरे म । म गाउँमा जन्मिएकी ,हुर्किएकी भएर होला सायद काठमाडौमा त्यति चाडैं घुलमिल हुन सकिन केही समय मलाई सकस भयो । एकले अर्कोलाई न चिन्ने ठाँउ रहेछ । एक घरमा मान्छे मरेर सोकमा डुबेको बेला संगैको घरमा बिहेको भोजमा रमाउन सक्दा रहेछ्न मलाई अत्यास लाग्न थाल्यो । सवै बिरानो लाग्यो एउटै घरमा कोठा पिच्छे फरक अनुहार देख्न थाले बोलचाल कमै हुन्थ्यो । सवै आफ्नो काममा दौडिरहेका हुन्थे त्यही बिचमा म एक्लै महसुस गरिरहेकी थिए ।

मेरो काम थिएन दिउँसो एक्लै बस्थे कोठामा दाइ भाउजू काममा जानुहुन्थो । बिस्तारै बुझ्दै गए काठमाडौ म मा पनि केही आशा पलायो मनमा । अरुले अफिस भनेको सुन्दा मलाई अनि अफिसको भुत चढ्यो । काम खोज्न तल्लिन भए । खोज्दै जादा काम पनि पाए ।

मलाई कामको केहि अनुभव थिएँन । सानो काम पाएसी म पनि त् अफिस धाउन थाले ।

सिम्रन भट्ट – ब्युटिसियन
बल्ल सिके मैले जिवनमा संघर्ष गर्न र जिवनको महत्व बारे । यात्रा गर्दै जादा अनेक थरीका मान्छे भेटाए मैले पाईला-पाईलामा सहयोग गरिदिने बाहानामा बाजि मार्ने दाउमा अनेक अंकुरा पालेर बसेका हुँदा रहेछन । मलाई एउटा पाठ सिकयो समयले सिक्ने र नितान्त नजिक भएर बुझ्ने मौका पाए मैले । छोरा मान्छेमा जति बाहिर हेर्दा चमक भलाद्मी देखिन्छन भित्र त्यो भेटाईन मैले सवै छोरा मान्छे गलत हुन भनेकी पनि हैन ।

मान्छेको विवेक हराईसकेको छ ।

छोरी मान्छे भेटाउने बित्तिकै गलत निहेतले आँखा गाड्ने छोरा मान्छेको चेतना कहिले आउँछ । मान्छेको मनमा माया दया हुन्छ तर पीडा पनि हुदोरहेछ । जबसम्म छोरा मान्छेको चेतना पलाउदैन तब सम्म छोरी मान्छेले उन्मुक्ति पाउदैन । समस्या नै समस्याले झेलिएको काठमाडौमा छोरी मान्छे बाच्न सजिलो भने छैन छोरा मान्छेको राक्षसी निहेत जबसम्म हटाउन सकिदैन तबसम्म म यात्रामा रहने छु कति छोरा मान्छे चिनिसकेकी छु कति चिन्ने अवसर कुर्दै अझै बसेकी छु ।

खबदार ! “छोरी मान्छे बिलासी र खेलौना हैन त्यही छोरी मान्छेबाट जन्मेका छोरा मान्छे दस धारा दूध चुसेर हुर्केका बिर्सेका हुन क्यारे ! ” घरमा श्रीमती हुदाहुदै पर स्त्रीलाई स्वास्नी भन्न सक्ने छोरा मान्छेको निहेत देख्दा मलाइ घृणा जागेर औउछ । छोरी मान्छे गलत कि छोरा मान्छे गलत ? गरिबी र बाध्यताको मौका छोपेर ताली बजाएर हिड्न सक्ने पनि भेटेकी छु । चिल्ला कुरा र एक कप चियामा बिकाउन खोज्ने छोरा मान्छेको निहेतलाई म चुक्न दिन्न चियो चर्चो गरेर बसेकी छु माफी गर्दिन ।

सपूत मसंग छ । म मेरो धरातल बिर्सिन्न र मेरो परिवारले दिन्न पनि जुन समाजमा हिजो मेरा बाजे आज बाउआमा जुन इज्जतले जसरी बाचेका छन म पनि त्यहीँ समाजमा बाच्न चाहान्छु । स्वतन्त्र भएर बाच्न मन त सबैलाई हुन्छ सबै म जस्तै नारी हुन मेरो जस्तै मन छ उनिहरुको जस्तै मेरो पनि मन छ । दुख पर्दा मेरो पनि आखाबाट आँसु झर्छन

काम गर्ने सिलसिलामा धेरै हण्डर पनि खाए रमाए पनि देख्दा म जति खुसी छु खुसी देखेका छन चमक देखेका छन ममा तर पीडा च्यापेर बसेकी छु । छोरा मान्छे गलत हैन नियत गलत हो । मान्छेले मान्छे चिन्न छोडिसके सद्भाव छैन । बेला-बेला आत्तिन्छु म । मनमा अनेक कुरा खेल्छन अनि काउकुती लाग्छ । हिंस्रक पुरुषको अगाडि म भैदिएको भए त्यो नारी म भैदिएको भए म बदल्छु म बदलिन चाहान्छु । कानुन छ पालना हुँदैन । मेरो देश गरिब छ तर मान्छे गरिब छैन मेरो देशमा ।

भाग्य संजोग भनु या त समयले मलाई अर्को बाटोमा डोहोर्यो मैले लगभग पहिले काम गरेको १ वर्ष पछि फेरी अर्को अफिसमा जोडिन पुगे । फेरी मैले अरु झन् अनुभव बटुल्न पाए यो अफिसममा पनि मैले धेरै समय काम गरिन तर समय र परिस्थितिसंग नजिक हुन् झन पाए त्यस पछी म अलि फरासिली भैसकेकी थिए । मेरो एक जना दाईले फेरी मलाई अर्को चुनौतिको बाटो सम्हाल्न दिनु भयो । कति दिन अफिसको काम गरेर बस्छौ अब आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्नु भयो ।

मैले केहि सोच्न सकिन । एक छिन टोलाएर मैले भने दाईलाई के काम ? ब्युटिसियन सिक ? मैले भने कसले सिकाउछ । दाईले मज्जाले हासेर भन्नु भयो ” धत !लाटी,पैसा दिएर सिक्नु पर्छ भन्नु भयो । मैले हुन्छ भने त्यसपछि दाईले मलाई ब्युटिसियन क्लाससम्म लिनु भयो । मैले सिक्न सुरु गरे । दाईकै साथले मैले ब्युटिसियन सिक्ने अवसर पाएकी मैले केहि आगाडी बधिसकेकी थिए म । यो सिकिसके पछी मलाई NGO अफर आयो ।

त्यस पछी म केहि सवाल र सक्षम हुनु पर्छ भनेर एन्जियोमा जोडिन पुगे । मैले छोडेको काम गर्दा अनेक अनुभव बटुल्ने मौका पाएकि थिए । यहाँसम्म पुग्ने यो अवस्थासम्म पुग्ने देन त त्यसैको हो । NGO लागे पछी अर्को नयाँ अनुभव बटुल्ने मौका पाए । पुर्व मेची देखि पश्चिम महाकालीसम्मका केही जिल्लामा घुम्ने मौका पाए ।

प्रतिक्रिया दिनुहोस