अर्को दुई महिनापछि के हुने भन्ने प्रश्न उठ्नु चिन्ताको विषय होइन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत माग्दा केही असहज महसुस भएको बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत मागेपछि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केही न केही सहज महसुस भएको छैन । दुई महिनाअघि यसरी नै विश्वासको मतको छलफल ग¥यौं । फेरि अर्को दुई महिनापछि के हुने हो ? यहाँ प्रश्न उठेको छ । यहाँ प्रश्न उठ्नु आशंका हुनु चिन्ताको विषय मलाई लाग्दैन । उठ्नु पनि पर्छ र त्यसको समाधान खोज्नु पनि पर्छ ।’

राजनीतिक दलहरुको विवाद बहसकै बीचबाट र संसदभित्र हुने विचार विमर्शबाट समस्याको समाधान खोज्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले भने, ‘हामी अराजक ढंगले अगाडि बढेको भन्न मिल्दैन । प्रक्रिया र विधिवत ढंगले नै गठबन्धन र सरकार बनाएर अघि बढेका छौं ।’

प्रतिक्रिया दिनुहोस