यि हुन पुरुषको यौ न क्षमता बढाउने फलफुल र वनस्पतिहरु

प्राचीन ग्रिसेली सभ्यतामा प्रेमकी देवी ‘अफरोडिट’को चर्चा हुन्थ्यो जसले समुन्द्रबाट निस्किएर ‘इरोस’ नामक देवलाई जन्म दिइन् जसलाई राम्रो यौ न सम्बन्धको रुपमा बुझ्ने गरिन्थ्यो

। यसै प्रतीकात्मक पौराणिक श्रुतिबाट ‘अफोरोडिसिक’ अर्थात् यौ नशक्तिवद्र्ध क र ब लवद्र्धक खानेकुराहरु भन्ने शब्द जन्मिएको मानिन्छ ।

यता पूर्वेली सभ्यतामा रसायन तथा वाजीकरण भनेर आयुर्वेदमा एउटा छुट्टै अध्ययन क्षेत्र वा विशेषज्ञ विभागको उल्लेख गरिएको पाइन्छ, यसको तात्पर्य सम्पूर्ण शरीरको सुस्वास्थ्यको ऐनाका रुपमा यौ न क्षमतालई मानेर त्यसको विकास र संवृद्धिका लागि आवश्यक से क्स औषधि र उपायहरुका बारेमा अध्ययन गर्ने गरिएको करा आयुर्वेदमा चाख राख्ने सबैलाई विदितै छ ।

यौ न क्षमतामा वृद्धिको अर्थ यौ नद्वारा मानिसलई प्राप्त हुने भौतिक आ नन्दलई कायम राख्ने, बढाउने तथा प्रज ननशक्ति अर्थात अर्को पुस्ता जन्माउने शक्तिलाई राख्ने र बढाउने दुवै अध्ययनद्वारा प्रेरित हुन्छ ।

यथार्थमा यौ न शक्ति वद्र्धक भनेर मानिएका प्राकृतिक स्रोतबाट प्राप्त हुने खाद्य पदर्थहरुले तत्कालै यौ न उत्तेजना बढाउने मात्र नभई दीर्घकालसम्म यौ
न आनन्दभोग र सन्तानप्राप्तिको क्षमतालाई नियमबद्ध रुपमा विकसित गरेर कायम राख्छन् । हामीले दैनिक रुपमा खाने गरेका वा हाम्रै वरिपरिका वातावरणमा उब्जने, फल्ने वा फुल्ने प्राकृतिक जैविक तत्वहरुमा त्यो क्षमता रहेको हुन्छ भन्ने कुरा पूर्वामा वेद, उपनिषद्, पुराण र पश्चिममा धर्मग्रन्थहरु र आधुनिक विज्ञानको पनि चासो र सरोकारको विषय रहिआएको छ । अर्थवेदमा त विविध वनस्पतिहरुको उल्लेख पाइन्छ । यस्ता खाद्य तत्वहरुलाई मोटामोटी रुपमा दुई भागमा बाँड्न सकिन्छ ।

१. पुरुषहरुका लागि उपयोगी, १. अदुवाः पुरुषमा यौ न शक्तिवद्र्धनका लागि अदुवाको प्रयोगलाई उपयोगी मानिएको छ । यसले पुरुषको लि ङ्गलगायत सम्पूर्ण यौ न क्षमताको विकास गर्ने विश्वास गरिन्छ ।

२. बेलको पातः बेल यस्तो रुख जसका पातलाई हिन्दु संस्कृतिमा शिवको पूजाआराधना गर्दा चढाउन आवश्यक मानिन्छ । यस कुराको साङ्ककतिक अर्थ पनि छ कारण बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसका माध्यमबाट पुरुषमा लि ङ्ग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ ।

३. महः महमा फ्रुक्टोज नाम गरेको कार्बोहाइड्रेट तत्व हुन्छ जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट प्राप्त हुन्छ । यसलाई नियमित रुपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र त्य शक्तिले खासगरी यौ न उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ ।

४. लिचीः लिची यस्तो फल हो जुन जेठ असार महिनातिर फल्दछ र बाहिरबाट काँढैकाँढा भएको बोक्र्राले छोपिएको हुन्छ । त्यसको भित्रपट्टि सेतो, कमलो मासुजस्तो भाग हुन्छ र त्यसभन्दा पनि भित्रपट्टि गाढा रङको गेडा हुन्छ । यसमा पुरुषत्व र प्रजननशक्ति बढाउने(शु क्रकीटको क्षमता बढाउने) तत्वहरु भएको मानिन्छ । यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौ नाङ्ग मा शि थिलता आउन नदिने विश्वास गरिन्छ ।

५. मकाः यो दक्षिण अमेरिकामा अवस्थित पेरु राज्यमा फैलिएको एन्डिज पर्वतमालामा पाइने एकथरी रुखको जरा हो । यसले यौ नेच्छा बढाउने, लि ङ्गको कडापन बढाउनाका साथै पुरुषको आनन्द लाई वृद्धि गर्ने विश्वास गरिन्छ ।

६. मुइरापुवामाः ये दक्षिणी अमेरिकाली महादेशमै अवस्थित अर्को राज्य ब्राजिलमा पाइने एक किसिमको घाँसको घारी हो । यसमा यौ न सं वेद नाका नसाहरुलाई उत्ते जित गरी शारीरिक र मानसिक यौ न आनन्द बढाउने क्षमता भएको विश्वास गरिन्छ ।

७. माछाः खासगरी ओएस्टार, लोब्स्टर, मुसेल तथा अन्य जातका माछाहरु र तिनमा पाइने तेल एवम् माछाका टाण्कामा यौ नवद्र्धक तत्व हुने विश्वास गरिन्छ ।

८. रोडिओला रोजियाः यस नामको वनस्पतिले यौ नक्षमता बढाई मानिसको यौ नशक्ति वृद्धि गर्ने र खासगरी शी घ्रपतनको रोकथाममा यो उपयोगी हुने विश्वास गरिन्छ । साथसाथै यसले परिपक्व उमेरका पुरुषहरुलाई युवाजस्तो यौ नजीवन बिताउन सहयोग गर्दछ भन्ने जनश्रुति छ ।

९. जिन सेङः जिन सेङ यस्तो खनिज पदार्थ हो जो चीन, कोरिया, संयुक्त राज्य अमेरिकालगायत विश्वका अन्य केही भागमा पनि पाइन्छ । यसले शरीरमा नाइ ट्रिक अक्साइडको मात्रा बढाएर तथा मस्तिष्कमा डोया मिनको मात्रा र असरलाई चुस्तदुरुस्त राखेर न पुंस कता हटाउने तथा यौ न उत्ते जना बढाउने काम गर्दछ भन्ने विश्वास गरिन्छ ।

१०. हरनिगोटविडः यो पातैपात हुने एक प्रकारको वनस्पति हो जसले पुरुष यौ नशक्तिवद्र्धकका रुपमा काम गर्ने विश्वास गरिन्छ ।

११. दामियनाः यो खसी बाख्राको आहारका रुपमा प्रयोग हुने जङ्गलामा पाइने एक किसिमको वनस्पति हो जसले बारम्बार यौ नसम्पर्क राख्न इच्छा लाग्ने तथा च रम आ नन्दको स्तर वृद्धि गरी पुरुष यौ न कमजोरीलाई हटाउन मद्धत गर्दछ । साथै, यसले पाचनप्रणालीको भित्री झिल्लीलाई पनि स्वस्थ राख्तछ भन्ने विश्वास गरिन्छ । ल्याटिन अमेरिकाको जमाइका भन्ने टापुमा एउटा भनाइ पनि छ ‘बोकाले यो घाँस खाँदा नाटकीय तरिकाले उसको यौ नशक्ति बढेको देखिन्छ ।’

१२. एसप्यारागसः लि ङ्गको आकारको यो सूक्ष्म वनस्पतिलाई प्रेमको आहार पनि भन्ने गरिन्छ । उसमा हुने पोटासियमले शरीरका दो षयुक्त पदार्थहरुलाई शरीरबाट फाली शरीरमा पानीको सन्तुलन मिलाएर अप्रत्यक्ष रुपम यौ न क्षमतामा पनि वृद्धि गर्ने विश्वास गरिन्छ ।

१३. आर्जिनिनः प्रोटिनयुक्त खानाहरु, जस्तै गेडागुडी, अण्डा, नरिवलको दूध, चिज आदि खाद्य पदार्थहरुमा पाइने यो एक किसिमको एमिनो ए सिड हो । यसले नाइ ट्रिक अक्सा इड तयार गरेर यसका माध्यमबाट यौ नाङ्गमा र गत प्रवाह बढाउँदछ । लि ङ्गको कडापनका लागि नाइ ट्रिक अक्साइड प्राथमिक आवश्यकताको तत्व मनिन्छ । साथसाथै यसमा उमेरका परिवर्तनहरु कम गर्ने (ए न्टी अक्सिडेन्ट) गुण पनि हुन्छ । उसका कारणले पुरुषत्व र यौ वनलाई वृद्धावस्थाम पनि निरन्तरता दिन यसले मद्दत गर्दछ । त्यसका साथै शु क्रकीटको अग्रगति लिने क्षमतामा वृद्धि गरेर पुरुषका कारणबाट हुने बाँ झोपन हटाउन यसले समत्वपूर्ण भूमिका खेल्न सक्तछ ।

१४. अश्वगन्धाः झारका रुपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्ष्णता र यौ नशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ ।

१५. पाँचऔंलेः नेपालका विभिन्न भागहरुमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौ नक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ ।

१६. केशरः यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौ नक्षमता र मानसिक एकाग्रताका लागि उपयोगी मानिन्छ ।

१७. यार्चागुम्बाः विश्वमा अहिलेसम्म कर्डिसेप्स वर्गमा पर्ने ढेसी(स्याक फङ्गस) हरुका ६८० भन्दा बढी प्रजातिहरु पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी आर्चागुम्बालाई अंग्रेजीमा ‘क्याटरपिलरफङ्गस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ हो । ल्याटिन शब्दहरु कर्ड, क्लब, सेप्स, डेड(पन्जा जस्तो टाउको भएको) र चिनियाँ भन्ने अर्थमा ‘सिनेसिस’बाट यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ राखिएको हो ।

यार्चागुम्बा नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट तीन हजार मिटरदेखि छ हजार मिटरको उचाइमा पाइन्छ । उसलाई तिब्बती भाषामा ‘यार्साकुन्भु’ तथा यार्सागुन्भु’ भनिन्छ जसमा ‘यार’को अर्थ ‘हिउँदे किरा’ अर्थात् वर्षमा घाँस र हिउँदमा किरा हुने भन्ने बुझिन्छ ।

यार्चागुम्बा एक प्रकारको झुसुलेकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सिकएपछि सवैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरु उम्रिएर फूल फुल्न सुरु गर्दछ । त्यही समयमा पुतलीहरुले फूल पार्न थाल्दछन् । त्यही पुतलीको ला र्भा अवस्थामा रहेको झुसुलेकिराको टाउकोमा ढेसी उम्रन्छ । यसको जमिनमाथिको ढेसी च्याउ खैरो रङको र जमिनमुनिको भाग पहेँलो रङको हुन्छ ।

जमिनमुनिको भाग चार मिलिमिटरजति लामो हुन्छ । यसलाई वैशाख ुपन्ध्रदेखि जेठ पन्ध्रबीचको समयमा टिपेर प्रशोधन गरी विभिन्न खाद्य पदार्थमा मिसाई वा औषधिहरुमा सम्मिलित गरी प्रयोग गर्दा शरीरका सम्पूर्ण प्रणालीलाई स्वस्थ राख्ने र खासगरी यौ नऊर्जा बढाउने विश्वास गरिन्छ ।

१८. काउछाको बीजः काउछो कोसे वनस्पति हो । यसको बिउलाई धुलो बनाएर नियमित रुपमा खाँदा पुरुषको यौ न स्वास्थ्यमा सकारात्मक असर पर्दछ र यसबाट यौ न दुर्बलता तथा न पुंस कता हराउँदछ भनी आयु र्वेदमा उल्लेख छ ।

तर एक्लै सेवन गर्दा यो अत्यन्त तीतो हुने हुँदा यसमा चिनी वा गुड मिसाएर प्रयोग गर्ने सल्लाह दिइन्छ । स्त्रीहरुका लागि उपयोगी स्त्रीहरुमा पुरुषहरुमा जस्तो यौ न उत्तेजनाको कारणतत्व शारीरिक उत्प्रेरणामात्र मानिदैन ।

शारीरिकसँगसँगै भावनात्मक उत्प्रेरणा पनि नभई स्त्रीहरुमा यौ न चाहना वा यौन उत्तेजना पैदा हुँदैन । पुरुषकालागि स्त्रीका तर्फबाट सानो मात्र अग्रसरता, जस्तै चुम्ब न वा स्पर्श पनि अनुकूल परिस्थितिका निम्ति पर्याप्त हुन सक्चछ, तर स्त्रीमा भावनात्मक लगाउविनाको त्यस्तो स्वचालित स्वि च हुँदैन । तैपनि जनश्रुति, अनुभव र वैज्ञानिक खोजहरु समेतले केही त्यस्ता तत्वहरुलाई इगिंत गरेको छ जसको प्रयोग दीर्घकालिक प्रयोग वा सेवनबाट यौ न उत्तेजना विकास गर्न मद्दत पुग्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस