चौबीसै घण्टा ब्रा लगाउँदा जोखिम…….

बाहिरी लुगा जतिसुकै राम्रो लगाए पनि यदि भित्री बस्त्र इनर वेयर शरीरमा फिट हुने भएन भने असहज मात्रै होइन स्वास्थ्यमा समेत असर पर्छ ।

भित्री बस्त्र त हो भनेर हेलचक्र्याँइ गर्दा स्वास्थ्यमा समस्या निम्तने बताउँछन् चिकित्सकहरू । सामान्यतया केटीहरू के सोच्छन् भने छोटो साइजको कप भएको ब्रा लगाउनाले ब्रेस्ट लामो समयसम्म कसिलो रहिरहन्छ ।

साथै जतिबेलै ब्रा लगाई राख्दा फिगर पनि राम्रो हुन्छ भन्ने उनीहरूको सोचाई हुन्छ । तर, यस्तो सोचाई गलत हो । चौबीसै घण्टा सम्म ब्रा लगाइराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।

चौबीसै घण्टा ब्रा लगाउनाले छालाले श्वास फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्या देखिन्छ । त्यसैले अफिस या बाहिर जाने बेलामा मात्र ब्राको प्रयोग गर्ने र घरमा हुँदा ब्रा नलगाउँदा राम्रो हुन्छ ।

दिनभर ब्रा लगाउँदा हुने साइड इफेक्ट
१) स्तनमा पीडा – हुने जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेषगरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ, जसले साइजको ब्रा लगाउँदिनन् ।

२) रक्त सञ्चारमा समस्या – चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्त सञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू पनि नष्ट हुने खतरा हुन्छ ।

३) पिठ्यूँ दुख्ने – तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ । विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साईज र धेरै टाइट ब्रा लगाउँछन् ।

४) छालामा समस्या – चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।

५) रातो बिमिरा आउने (हाइपरपिग्मेन्टेशन) – धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

६) फंगस फैलिने आंशका – चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।

प्रतिक्रिया दिनुहोस