१२ वर्षपछि बृहस्पतिको मेष राशिमा गोचर, खुल्नेछ यी ५ राशिको भाग्य !

ज्योतिषशास्त्रका अनुसार राशिचक्रमा स्थित हरेक ग्रहले समय समयमा आफ्नो राशि परिवर्तन गरिरहन्छन् । बृहस्पति ग्रहलाई धनु र मीन राशिको स्वामी मानिन्छ। ग्रहसभामा बृहस्पतिलाई सचिव अर्थात् मन्त्रीको रुपमा उल्लेख गरिएको पाइन्छ। त्यस्तै बृहस्पति ग्रहलाई देवताको गुरु पनि मानिन्छ।

वैदिक ज्योतिष अनुसार २०८० साल वैशाख ६ गते १४:३४ अर्थात् दिउँसो २:३४ मा बृहस्पति ग्रह मीन राशिबाट मेष राशिमा प्रवेश गर्दैछन् । बृहस्पतिको राशि परिवर्तनले सबै राशिलाई शुभाशुभ असर गर्नेछ, तर केही राशिहरू छन् जसलाई शुभ लाभ हुनेछ।

मिथुन राशि : बृहस्पतिको यो गोचर मिथुन राशिबाट एघारौं घरमा हुनेछ । बृहस्पतिको यो गोचरले मिथुन राशिका व्यक्तिहरूले आफ्नो आयमा वृद्धि गर्न सक्नेछन् । तपाईले गरेको कामबाट शुभ फल मिल्नेछ । पारिवारिक सङ्कट समाधान भएर खुसीको वातावरण बन्न सक्छ। बृहस्पतिको यो परिवर्तन मिथुन राशिका लागि लाभदायक हुनेछ ।

सिंह राशि : बृहस्पति ग्रहको गोचर सिंह राशिबाट नवौं घरमा हुनेछ । बृहस्पतिको यो गोचर सिंह राशिका लागि लाभदायक रहनेछ । धार्मिक भ्रमण हुन सक्छ। सिंह राशिका व्यक्तिहरूलाई कतैबाट अचानक धन प्राप्ति हुन सक्छ । सिंह राशिका लागि यो समय लाभदायक र शुभ रहनेछ।

तुला राशि : तुला राशिका व्यक्तिहरूलाई बृहस्पतिको यस गोचरबाट लाभ मिल्नेछ । तुला राशिका मानिसहरु लगानी गर्ने सोचमा हुनुहुन्छ भने उनीहरुका लागि यो उपयुक्त समय हो । आफ्नो व्यापार वा कुनै परियोजनाको लागि नयाँ योजनाहरू लागू गर्न सक्षम हुनु हुनेछ । प्रेम सम्बन्धमा मधुरता रहनेछ, परिवारसँग राम्रो समय बित्नेछ ।

धनु राशि : धनु राशिबाट बृहस्पतिको गोचर पाँचौं घरमा रहने भएकाले यसको शुभ प्रभाव धनु राशिका मानिसमा देखिन सक्छ । यो अवधिमा धनु राशिका व्यक्तिहरुको कामको क्षेत्र बढ्ने छ । शैक्षिक क्षेत्रबाट लाभ मिल्नुका साथै सन्तानबाट सन्तोष प्राप्त हुन सक्छ। परिवारबाट पूर्ण सहयोग मिल्नेछ । धन आर्जन गर्ने प्रयास बढ्नेछ । लक्ष्य तय गरी त्यसमा ध्यान केन्द्रित गर्नु लाभदायक हुनेछ।

मीन राशि : बृहस्पतिको राशि परिवर्तनले मीन राशिका व्यक्तिहरूमा सकारात्मक प्रभाव पार्नेछ । मीन राशिका व्यक्तिहरुलाई नयाँ कामको शुरुवातमा लाभ मिल्नेछ । मानिसहरूसँग मीठो स्वरमा विनम्र कुरा गर्नुहोस्, लाभ मिल्नेछ । बचत गर्ने उपायहरू सोचिरहनुहोस्, यदि तपाइँको केहि काम अड्किएको छ भने सबै काम आगामी समयमा पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस