पत्नि निकिताविरुद्धको पोष्ट नहटाइए कानूनी प्रक्रियामा जाने रविको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नी पत्नि निकिता पौडेल लामिछानेविरुद्ध बिना प्रमाण कायरहरु खनिएको भन्दै आक्रोश पोखेका छन्।

सभापति रविले पत्नी निकिताबारेको प्रतिक्रियाप्रति आक्रोश पोख्दै भनेका छन् ‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’ भन्दै रविले उक्त पोस्ट नहटाए आँफु कानुनी कारवाहीमा जाने समेत उनले चेतावनी दिएका छन् ।

रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठको २ करोड मागेको अडियो बाहिर आएसँगै कोर टिम को हो भन्ने प्रश्न उब्जिएको छ । ढाका प्रकरणले विभिन्न प्रश्नहरु उब्जाएका बेला सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा निकितालाई जोडेर समेत प्रचार भएसँगै रवि पनि थप आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस