रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसको उजुरी

चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता कार्यहरु गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन् ।

मतदान भइरहेको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट रविले मत मागेको अडिओ र भिडिओ सार्वजनिक भएको तथा आचारसंहिता विपरीत विभिन्न मतदान स्थलमा हुल गरि मतदातालाई प्रभावित पारेको भन्दै उजुरी दिनु भयको हो ।

किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टीकाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता विपरीत कार्यहरुगरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ ।

उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आादेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस