धन्यवाद दिँदै रविले भने– ५ वर्षपछि देश घण्टीमय हुनेछ, आफ्नै बहुमतको सरकार बनाउने छाैँ

काठमाडौँ । रवि लामिछानेले आफूलाई मत दिने तथा विपक्षी दलका उम्मेदवारलाई मत दिने सबै मतदाता, चितवन २ का नागरिक र चितवनबासी सबै नागरिकलाई धन्यवाद दिएका छन् । आफूलाई ५४ हजार १७६ मत र ४२ हजार ९६२ मतान्तरका साथ विजयी भएका उनले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र ग्रहण गरेपछि धन्यवाद सभामा उनले यस्तो बताएका हुन् । उनले आफू निर्वाचित भएको १०० दिनभित्र जुगेडी खोलाको पिउने पानी चितवनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, उनले चितवनको विकासका लागि आफूले सांसद बोर्ड बनाएको भन्दै उक्त बोर्डमा स्थानीयसँगै र चितवनका ३ वटै क्षेत्रका सांसद र स्थानीय तहसँग बसेर विकासको खाका कोर्ने बताएका छन् ।

उनले चितवनको मान्छेले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सडक जस्ता अनेक पूर्वाधारको विकासमा नीति निर्माण गर्ने र योजना बनाउने उनले बताए ।

चितवनबाट सुरु भएको अभियानले अबको ५ वर्षभित्रमा आफ्नै बहुमतको सरकार बनाउने गरी देशभरी जाने उनले बताए ।

उनले घण्टीमा भाेट हाल्न विदेशबाट परिवारलाइ फाेन गर्ने नेपाली युवालाई समेत धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस