कञ्चनपुरमा सडक दुर्घटनामा दुई जनाको मृत्यु

महेन्द्रनगर, १८ वैशाख/कञ्चनपुरमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जना र साइकल र मोटरसाइकल ठोकिदा एक गरी दुई जनाको मृत्यु भएको हो । आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जङ्गलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो ।

बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२-००-४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रकाश डाँगीले बताउनुभयो ।

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षीया गरिमा महता घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको र ट्याक्टर चालक कृष्णपुर– ८ का ४२ वर्षीय वीरसिंह महरालाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, आइतबार राति भीमदत्त नगरपालिका–४ स्थित उद्योग, वाणिज्य सङ्घ नजिक मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका–४ गोबरैया बस्ने कांग्रेस क्षेत्रीय प्रतिनिधि महेश्वर भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका –१८ निवासी वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले साइकलमा सवार ६८ वर्षीय भट्टलाई राति करिब ८ बजेतिर ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस