श्रीमतीलाई अस्ट्रेलिया छाडेर बिदामा घर आएका तपेन्द्रको मोटरसाइकल दुर्घटनामा परी निधन

काठमाडौं, १८ वैशाख -कञ्चनपुरमा मोटरसाइल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। कञ्चनपुर, कृष्णपुर नगरपालिका(५ बनदेबीस्थित सडक छेउमा रोकि राखेको से।१ त २८२९ नम्बरको ट्याक्टरमा सु।प।प्र।०२००४ प १८४६ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा

मोटरसाइकल चालक बेदकोट नगरपालिका(१० बस्ने २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि स्थानीय सफल मेडिकल गुलरिया पठाइएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरबिदामा आएका तपेन्द्र कञ्चनपुरमा अस्ताएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया गएका थिए।

मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर आएका थिए।उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नर्फकिने गरि अस्ताएका छन्। उनको निधन पछि परिवार गहिरो शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस