घट्यो सुनको मूल्य , हेर्नुहोस् यस्तो छ आजको सुन-चाँदीको भाउ

१९ वैशाख, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८००, तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार हजार, तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस