प्याडभित्र ब्राउन सुगर लुकाएको अवस्थामा चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

काठमाडौं । झापाको चन्द्रगढीबाट काठमाडौं उड्न लागेकी युवती करिब ७७ ग्राम ब्राउन सु्गरसहित पक्राउ परेकी छन् ।

मकवानपुरको हेटौँडा स्थायी घर भई झापाको मेचीनगर बस्दै आएकी २१ वर्षीया सोनी श्रेष्ठ राजवंशीको साथबाट ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीसँगै काठमाडौं आउन लागेकी उनकी दिदी २३ वर्षीया संध्या श्रेष्ठलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार सोनीले पेन्टीभित्र दुईवटा प्याडको बीचमा प्याडकै आकार बनाएर ब्राउन सुगर बोकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस