टोप बहादुर रायमाझी लुकिछिपि बसेका बेला काँग्रेसका शक्तिशाली नेता वालकृष्ण खाँड पनि तानिँदै

२३ काठमाण्डौँ । नक्कली शरणार्थी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चालेको कठोर कदमले यतिखेर ठूला राजनीतिक दलहरुमा हलचल पैदा भएको छ । नक्कली शरणार्थी बनाएर अमेरीका पठाउने प्रलोभनमा फसेका ८ सय बढी नेपाली नागरिकलाई न्याय दिलाउन गृहमन्त्री श्रेष्ठले उजुरीका आधारमा कठोर कार्बाही गर्न निर्देशन दिएपछि यतिबेला प्रहरीले धमाधम ठूला भनिएकाहरुलाई समातिरहेको छ ।

यति सम्म कि पूर्व गृहमन्त्री बादलसँग जोडिएका डा. ईन्दजीत राईमात्र हैन उपराष्ट्रपति कार्यलयका सचिव टेक नारायण पाण्डेलाई नै पक्रेर थुनेपछि गृहमन्त्रीले प्रशंसा बटुलिरहेका छन् ।

तर अहिले एकाएक टोप बहादुर रायमाझी फरार भएपछि राजनीतिक आडमा सुरक्षित गरिएको हो कि भन्ने आशंका बढेका बेला पक्राउ परेका पूर्व गृहसचिव पाण्डेले वालकृष्ण खाँडेको पनि नाम लिएका छन् ।

जसका कारण डेढ वर्ष गृहमन्त्री भएका खाँडमाथि पनि अब प्रश्न उठेको छ । यद्यपि, प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको स्रोतको भनाई छ । यदी संलग्नता देखिएमा खाँड पनि पक्राउ पर्न सक्नेछन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा राजनीतिक आडमा रहेकालाई नछाडिने स्पष्ट पारेका छन् । प्रहरीले अहिले रायमाझी , बादलका छोरा प्रतीक र ईन्द्रजीत राईका छोरा निरजको खोजी तीव्र पारेको छ ।

एमाले अध्यक्ष केपी ओलीले रायमाझीमाथिको पक्राउ पूर्जीका विषयमा प्रधानमन्त्रीलाई भेटेर गंभीर चासो राखेका छन् ।

खाँडपनि तानिएमा काँग्रेसमाथि समेत नैतिक प्रश्न उठ्नेछ । उसलाई जोगाउने कि कार्बाहीको दायरामा ल्याउने ? यस विषयमा काँग्रेसले आधिकारीक रुपमा कानुनी कार्बाहीलाई राजनीतिसँग नजोडी कार्बाही गर्न औपचारीक माग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस