प्रधानमन्त्री दाहाल पत्नी सीता दाहाल नर्भिकमा

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ ।

सीतालाई भर्खरै नर्भिक अस्पताल लगिएको हो । सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित छिन् ।

यसअघि उनको उपचार सुमेरु र मेडिसिटी अस्पतालमा गरिएको थियो ।

सीतालाई फलो अपको लागि लगिएको अस्पताल स्रोतले जनाएको छ । उनलाई भर्ना गरेर राख्ने वा आजै घर लैजाने भन्नेबारे एकिन भएको छैन् ।

प्रतिक्रिया दिनुहोस