प्रहरीको अर्को एक्सनः झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने १२ जना भारतीय पक्राउ

बैशाख २४ काठमाण्डौँ । काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । शरणार्थी प्रकरण लगत्तै नेपाल प्रहरीले चालेको यो अर्को बोल्ड कदम हो ।

घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस