धनको कमी किन भइरहन्छ ? हेर्नुहोस् राशि अनुसारको आर्थिक समस्याबाट छुट्करा मिल्ने पुजा र जप विधि।

यदि तपाईंले जति धेरै मिहिनेत गर्दा पनि धनको कमी भैरहन्छ भने तपाईंले आफ्नो राशि अनुसारको इष्ट देवको पूजा र जप गरेर धनको कमी हुने समस्यालाई केहि समाधान गर्न सक्नुहुन्छ। यी उपायहरु तपाईंले दिनदिनै वा बताईएको दिनमा गर्नुभयो भने अवश्य पनि तपाईंले सकारात्मक परिवर्तन प्राप्त गर्न सक्नुहुन्छ।

मेष -मेष राशिको स्वामी मंगल ग्रह हो । यो राशिको इष्टदेव हनुमानजी हुन् । त्यसैले तपाई हरेक दिन वा मङ्गलबारको दिन हनुमानको मन्दिर गएर दर्शन गर्ने र “ॐ हं हनुमते नमः” को १०८ जप गर्ने गर्नुहोस् । यो आराधना तपाईका लागि चमत्कारीक सहायता हुनेछ । यसले आर्थिक र वित्तिय क्षेत्रमा लाभ दिनेछ ।

वृष -वृष राशिको स्वामी ग्रह शुक्र हो । यो राशिका मानिसको इष्टदेव माता दुर्गा हुन् । तपाईले हरेक दिन वा शुक्रबारको दिन दुर्गा माताको पूजा र उनको मन्त्र जप गरे धन तथा सम्बन्धका सबै समस्य अन्त्य हुनेछन् । “ॐ दुर्गादेव्यै नमः” यो मंत्र को १०८ जप गर्नुहोस् ।

मिथुन -मिथुन राशिको स्वामी ग्रह बुध हो । यस राशिको इष्टदेव भगवान गणेश हृुन् । हरेक दिन वा बुधबारको दिन एक मालाका साथ “ॐ गं गणपते नमः” को १०८ जप गर्नुहोस् । तपाईलाई सफलता अवश्य हुनेछ । जागिर तथा व्यवसायमापनि चमत्कार हुनेछ ।

कर्कट -कर्कट राशिको स्वामी ग्रह चंद्रमा हो । यो राशिको इष्टदेव भगवान शिवजी हुन् । ज्योतिषका अनुसार हरेक बिहान वा सोमबारको दिन “ॐ नमः शिवाय” को १०८ जप गरे धनलाभ हुनेछ । भगवान शिवको जलाभिषेक पनि गर्नुहोस् ।

सिंह -सिंह राशिको स्वामी ग्रह सूर्य हो । यसको इष्टदेव सूर्य हुन् । यो राशिले हरेक बिहान सूर्य देवलाई अर्घ्य दिनुहोस् । यसो गर्दा तपाईको जीवनमा हरहमेशा सकारात्मक ऊर्जा आउँनेछ, साथै “ॐ सूं सूर्याय नमः” यो मन्त्र हरेक दिन वा आइतबारको दिन १०८ जप गर्नुहोस्।

कन्या -यो राशिको स्वामी ग्रह बुध हो । इष्टदेवता भगवान गणेश हुन् । हरेक बिहान वा बुधबारको दिन “ॐ गं गणपते नमः” मन्त्रको १०८ जप गर्नुहोस् । धनप्राप्ति हुनेछ ।

तुला -तुला राशिको स्वामी ग्रह शुक्र हो । इष्टदेव देवी लक्ष्मी हुन् । तपाई हरेक बिहान वा शुक्रबार माता लक्ष्मी को पूजा गर्नुहोस् । “ॐ महालक्ष्म्यै नमः” मन्त्रको १०८ जप गर्नुहोस् । तपाईको आर्थिक अवस्था चमत्कारीक रुपमा सुधार हुनेछ ।

वृश्चिक-वृश्चिक राशिको स्वामी ग्रह मंगल हो । इष्टदेव हनुमानजी हुन् । तपाईले हरेक बिहान वा मङ्गलबार इष्टदेवको आराधना गर्नुभयो भने सबै समस्याबाट छुटकारा मिल्नेछ । तपाईका लागि मन्त्र छ “ॐ हनुमते नमः” यो मन्त्रको १०८ पटक जप गर्नुहोस् ।

धनु -धनु राशिको स्वामी ग्रह बृहस्पति हो । इष्टदेव भगवान विष्णु हुन् । धनु राशिका मानिसले “ॐ श्री विष्णवे नमः” मंत्र को १०८ पटक हरेक दिन वा बिहीबारको दिन जप गर्नुहोस् चमत्कारीक धन प्राप्ति तथा सफलता मिल्नेछ ।

मकर -मकर राशिको स्वामी ग्रह शनि हो । इष्टदेवपनि शनिदेव हुन् । तपाईले शनि या हनुमानजीको पूजा गर्नुहोस् । यो राशिका मानिसको लागि अत्यन्तै राम्रो हुनेछ । तपाई हरेक बिहान वा शनिबार “ॐ शं शनैश्चराय नमः” मंत्र को १०८ पटक जप गर्नुहोस् । यसले सबै बाधा हटाउनेछ ।

कुम्भ -कुम्भ राशिको स्वामी ग्रह शनि हो । शनिको गुरु भगवान शंकर हुन् । कुम्भ राशिवालाको शनिका साथ–साथ भगवान शंकरको पनि पूजा गर्दा राम्रो हुन्छ । हरेक बिहान वा शनिबार “ॐ महामृत्युंजय नमः” को १०८ पटक जप गरे चमत्कारीक फाईदा हुनेछ ।

मीन -मीन राशिको स्वामी ग्रह बृहस्पति हो । इष्टदेव भगवान विष्णु हुन् । यो राशिले हरेक बिहान वा बिहीबार “ॐ नारायणाय नमः” को १०८ पटक जप गर्न जरुरी छ । यो जप गरे धन प्राप्ति तथा व्यवसायमा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस