शरणार्थी प्रकरणबारे प्रचण्डले भने, यो ट्रेलर मात्र हो अब पुरै फिल्म देखिन्छ

बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने गिरोह बिरुद्धको कार्बाही कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा एमाले अध्यक्षसँग छलफल सकेर दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यो हाईप्रोफाईल भनिनेहरु समातिन शुरु भएपछि विभिन्न दबाब, धम्की जस्ता कुरा आउन सक्ने भन्दै जनताको समर्थनमा त्यसको सामना गरेर अघि जाने बताए ।

यो त ट्रेलर मात्र हो, पुरै फिल्म देखिनेछ , हेर्दै जानुस् , प्रधानमन्त्रीले संकेत गरेका छन् ।

एमाले सचिव टोप बहादुर रायमाझी फरार रहेको अवस्थालाई संकेत गर्दै उनले नेकपा विभाजित भएर सडकमा संविधानको रक्षाका निम्ती आन्दोलन गर्दै गर्दा नक्कली शरणार्थी बनाएर नागरिकलाई अमेरीका बेच्नेहरुले हेर त प्रचण्डको हालत भनेर टिप्पणी गर्ने गरेको पनि सुनाए ।

उनले माओवादी विभाजित हुँदा ३२ सिटमा खुम्चिन पुगेको र अहिले ३२ सिटे भनेर व्यग्य गर्ने गरिएको भन्दै सबै एकतावद्ध भएर गर्जिने हो भने फेरी बहुमत आउने र नेपाल कब्जा हुने उनले उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस