वैदेशिक रोजगारीबाट फर्केका नेपालीले अब २ वटा मोबाइल ल्याउन पाउने

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्केका नेपालीले २ वटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रकृया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले अब आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्ताव गरेको यो सुविधा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो ।२०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३)

अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान गरी कुल २ वटा मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो । यसबाट वैदेशिक रोजगारीमा गएका नेपालीले लाभ लिन सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस