भारत र बंगलादेशबीच द्विपक्षीय व्यापार कारोबार रुपैयाँ र टाकामा गर्न सहमत

ढाका– बंगलादेश र भारतले द्विपक्षीय व्यापार कारोबार दुबै देशको आफ्नै मुद्रा ( रुपैया र टाका)मा गर्न सहमत भएको बंगलादेशमा आधारित समाचार वेबसाइट द बिजनेस स्ट्यान्डर्ड (टीबीएस न्यूज) ले उल्लेख गरेको छ।

अन्तरदेशीय कारोबारलाई सहज बनाउन सोनाली बैंक र इस्टर्न बैंकले भारतीय स्टेट बैंक र आईसीआईसीआई बैंकमा खाता खोल्नेछन्।

दुई भारतीय बैंकले पनि बंगलादेशका दुई बैंकमा खाता खोल्ने समाचारमा उल्लेख छ ।

ग्लोबल एकाउन्टिङमा भोस्ट्रो र नोस्ट्रो खाताहरू भनेर चिनिने यी खाताहरू खोल्न सम्बन्धित केन्द्रीय बैंकहरूको स्वीकृति आवश्यक पर्नेछ, द बिजनेस स्ट्यान्डर्ड ले बंगलादेश बैंक र सम्बन्धित वाणिज्य बैंकका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा लेखेको छ।

प्रतिक्रिया दिनुहोस