खुट्टा कालो भएर हैरान हुनुहुन्छ ? उसोभए चिनीको यो उपाय अपनाउनुहोस् !

मौसम परिवर्तनपछि सबैभन्दा धेरै असर छालामा पर्ने गर्दछ । आज हामी तपाईलाई खुट्टालाई गोरो र चम्किलो बनाउने केही उपायका बारेमा जानकारी दिदैछौँ । तपाईले आफ्नो खुट्टालाई आफ्नो घरमै सुन्दर र आकर्षक बनाउन सक्नुहुनेछ ।

तपाईले कागतीको रसलाई मनतातो पानीमा राखेर त्यसलाई ठूलो भाँडोमा खनाउनुहोस् । त्यसपछि उक्त पानीमा तपाईले आफ्नो खुट्टालाई केही बेर आराम बस्नुहोस् । केही बेरपछि तपाईले पानीबाट खुट्टा निकालेर राम्रोसँग मिचेर धुनुहोस्। यसो गर्दा खुट्टाको फोहोर हटेर जान्छ र तपाईको खुट्टा गोरो र आकर्षक हुने गर्दछ ।

तपाईले अर्को तरिकाबाट पनि आफ्नो खुट्टा चम्काउन सक्नुहुनेछ । तपाईले आफ्नो खुट्टामा मह लगाएर राम्रोसँग मसाज गर्नुहोस् । केही समयपछि सफा पानीले यसलाई धुनुहोस् । यसो गर्दा पनि तपाईको खुट्टा चम्किन सक्छ ।

तपाईले चिनीको स्क्रबबाट पनि खुट्टालाई गोरो र चमकदार बनाउन सक्नुहुनेछ । खुट्टामा चीनीको स्क्रमब लागाउनुहोस् । त्यसको केही बेरपछि त्यसलाई सफा पानीले सफा गर्दा पनि तपाईको खुट्टाको फोहोर हटेर जाने गर्दछ ।

प्रतिक्रिया दिनुहोस