बिरामी विदा माग्दै संसद सचिवालयमा टोपबहादुर रायमाझीको निवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीले बिरामी विदा माग्दै संघीय संसद सचिवालयमा पत्र पठाएका छन् ।

प्रहरीले खोजी गरिरहेका र फरार भनिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र संसद सचिवालयमा प्राप्त भएको हो । पत्रमा रायमाझीले आफू बिरामी भएकोले विदा जनाइदिन आग्रह गरेका छन् ।

पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार छन् । उनलाई नेकपा एमालेले पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ । एमालेले उनलाई सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न पनि भनेको छ ।

संसद सचिवालयले त्यो पत्र दर्ता भने गरेको छैन । सचिवालयका अनुसार यो पत्र दर्ता भएर आधिकारिकता पाउने सम्भावना पनि छैन ।

प्रतिक्रिया दिनुहोस