सुनको मूल्य आज पनि बढ्यो, चाँदीको स्थिर

काठमाडौँ – नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको छ।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस