रवि लामिछानेलाई फेसबुके प्रधानमन्त्री बनाउँदैछन् : नेता बस्नेत

काठमाडौं, २३ बैशाख । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेसबुकेहरुले फेसबुके प्रधानमन्त्री बनाउन लागेको बताएका छन्।

शनिबार राष्ट्रिय युवा संघ नेपाल स्याङजाको १०औं जिल्ला अधिवेशन उद्‍घाटन समारोहमा सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेसबुकेहरुले फेसबुके प्रधानमन्त्री बनाउन लागेको बताएका हुन्।

उनले भने, ‘रवि लामिछानेलाई केपी ओलीले प्रधानमन्त्री बनाउन प्रस्ताव गरियो भनेर गरिएको अनर्गल प्रचारमा कोही झुक्किनु पर्दैन।

हिजो प्रचण्डलाई भित्ते राष्ट्रपति बनाएको माओवादी कार्यकर्ताले आज रवि लामिछानेलाई फेसबुकेहरुले फेसबुके प्रधानमन्त्री बनाउँदैछन्। २१ सिट लिएको पार्टी हो। कम्तिमा प्रधानमन्त्री हुने स्थिति छैन।’

प्रतिक्रिया दिनुहोस