सहकारीको ताल्चा फोडी ३२ लाख लुट्ने गिरोह पक्राउ

काभ्रेको पनौती नगरपालिका वडा नं ४ स्थित टौखालमा रहेको सामुदायिक सहकारी संस्था लिमिटेडमा वैशाख १९ गते राती १ बजे भएको चोरीमा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
२०८० वैशाख १९ गते राती १ बजेको समयमा सामुदायिक सकोसको मेन गेटको ताल्चा फोडी ३२ लाख ३१ हजार ७ सय ४५ रुपैंया चोरी भएको थियो ।

चोरीमा संलग्न ६ जना मध्ये ४ जनालाई काठमडौं र मकवानपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्र पुरुष ढकालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का २४ वर्षीय अमृत थिङरहेका छन् ।

त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का २९ वर्षीय गम्भिर भनिने सोमलाल थिङलाई काठमाडौंको चन्द्रगिरी नगरपालिका वडा नं १० का स्याङजालीचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस