काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ ।

अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ। काठमाडौंको नयाँ बानेश्वरमा शनिबार दिउँसो भएको प्रदर्शनको क्रममा उनीमाथि कुटपिट भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेर सांसद पद खारेज भएपछि चर्चामा आएका उनलाई सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले उनलाई सफललाई जिस्काएका थिए। नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएपछि त्यहाँ केहीबेर तनाव भएको थियो।

अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस