राष्ट्रपतिद्वारा रेशम चौधरी, टोपबहादुर सहित १९ जनाको कैद सजाय माफी।

जेठ १५ काठमाण्डौँ । टिकापुल हत्याकाण्डमा दोषी ठहरिएर जेलमा बसीरहेका कैलालीका रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिएका छन् । सरकारको सिफारीसमा चौधरी सहित १९ जनालाई माफी दिईएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

आममाफी रोक्न राष्ट्रपति कार्यलयमै पीडित परिवारले निवेदन दिएका थिए । त्यसपछि आजै सर्वोच्चमा पीडित परिवारका तर्फबाट निवेदन दिईएको थियो । त्यसको सुनुवाई हुनु अघि नै राष्ट्रपतिले आममाफी दिएका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङरलिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको हो ।

उनीहरु सबै जना गणतन्त्र दिवसका दिन भोली रिहा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस