टीकापुर घटनामा आफू निर्दोष रहेको रेशम चौधरीकाे दाबी

काठमाडौं । रेशम चौधरीले टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्नुभएको छ ।

कारागार मुक्त भएपछि ईमेज च्यानलसँग कुरा गर्दै उहाँले टीकापुर घटनाको कथा अर्कै रहेको, पटकथा अर्कै लेखिएको र फिल्म अर्कै बनेको बताउनु भएको हो ।

टीकापुर घटना बन्द कोठामा भएको होइन भन्दै उहाँले घटना देख्ने हजारौं आँखाहरू साक्षी रहेको तर्क गर्नुभयो ।

घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै उहाँले घटनामा मारिएका प्रहरीका आफन्तहरुले पनि न्याय पाउनु पर्ने माग गर्नुभयो ।

चौधरीले टीकापुर घटनाका वास्तविक दोषी को हुन भन्ने आफूलाई राम्रोसँग ज्ञान रहेको दाबी पनि उहाँले गर्नुभएको छ ।

चौधरी आजै गृहनगर टीकापुरतर्फ लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस