महिनाको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य

आज भदौ ३१ अर्थात भदौ महिनाको अन्तिम दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा केही मात्रामा घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैँयाले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको ९० हजार ५०० निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९० हजार कायम भएको छ ।हिजो बुधबार छापावाल सुनको मूल्य तोलाको ९० हजार २०० र तेजावी सुनको मूल्य तोलाको ९० हजार ७०० कायम भएको थियो ।

सुनको मूल्य घटेतापनि चाँदीको मूल्य भने केही दिनदेखि स्थिर नै रहेको छ । सोमबार तोलाको १२०० कायम भएको चाँदीको मूल्य मङ्लबार बुधबार र आज बिहीबार पनि सोही मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

भाद्र महिनामा सुनको सर्वाधिक मूल्य तोलाको ९१ हजार ६०० कायम भएको थियो । भदौ ८, ११ र १४ गते तोलाको ९१ हजार ६०० मा किनबेच भएको महासंघले तथ्याङ्कले देखाउँछ । त्यसैगरी यस महिनामा सबैभन्दा कम मूल्य भनेको ९० हजार ३०० हो । भाद्र २७ गते सुनको मूल्य तोलाको ९० हजार ३०० कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस