राति सुत्दा मुखबाट अनायसै र्‍याल चुहिनु यी खतरनाक बिमारीको संकेत, तपाईको चुहिन्छ

मुखको र्याल् भोजनको पाचन प्रणलीको लागी महत्वपूर्ण मानिन्छ । र्‍याल मा एमाइलेज नामक पाचक पाइन्छ जोसले भोजनम उपस्थित स्टार्चलाई सर्करामा बदलदिन्छ ।

हेर्दै रसिलो, झरिलो, स्वादिलो खानेकुरा देख्नै हुन्न, हाम्रो मुखमा पानी आइहाल्छ ।

आफूलाई मन परेको खानेकुरा देख्नासाथ हामीमध्ये धेरैको मुखबाट पानी निस्कने गर्छ । मिठो खानेकुरा वा अमिलो, पिरो खानेकुरा देख्दा मुखबाट पानी आउनु अनौठो कुरा पनि भएन ।

तर कतिपय मानिसहरुको मुखबाट अनायासै र्‍याल आउने गर्छ । चाहे त्यो सुत्दा होस् वा कुनै खानेकुरा देख्दा होस् । अझ बच्चाहरुको मुखबाट त अझै बेस्सरी र्‍याल निस्कने गर्छ ।

यस्तो विशेषगरी सुतेको समयमा हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘ड्रोलिङ्ग’ पनि भनिन्छ । यो समस्या कुनै पनि उमेर समूहमा देखा पर्न सक्छ । र, यसकै कारण धेरैलाई समस्या पर्नसक्छ ।

यो आफैमा स्वास्थ्य सम्बन्धि समस्या हो, जसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ । यो स्थितिलाई मेडिकल भाषामा हाइपर सालिवेशन भन्ने गरिन्छ ।

धेरै जसो अवस्थामा यो समस्या अस्थाई हुने गर्छ । तर कतिपय अवस्थामा यो न्युरोलोजिकल डिसअर्डर हुनसक्दछ । जसका कारण मुखबाट निस्केको र्‍याल रोक्नमा व्यक्ति असमर्थ हुन्छ ।

यो समस्याले गम्भीर रोगको संकेत समेत गर्ने हुदाँ यदी कुनै व्यक्तिमा र्‍याल चुहिने समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किन हुन्छ यस्तो ?

नाक बन्द भएमा

चिसोका कारण नाक बन्द भएमा पनि मुखबाट र्‍याल निस्कन सक्छ । विशेषगरी नाक बन्द भएमा नाकले सही तरीकाले सास लिन सक्दैन र मुखबाट सास लिनु परेको कारण सुत्दा खेर मुखबाट धेरै र्‍याल निस्कने गर्छ ।

सुत्ने पोजिसन नमिलेमा

सुत्ने पोजिसन नमिलेमा गलत तरीकाले सुतेमा पनि मुखबाट र्‍याल निस्कन सक्छ । विशेषगरी, घोप्टो परेर सुतेमा वा लामो समय एउटै पोजिसनमा सुतेमा पनि मुखबाट र्‍याल निस्कन सक्छ ।

प्रतिक्रिया दिनुहोस