ओलीको ब्यग्य: प्रधानमन्त्रीको भारत भ्रमणको उपलव्धि भनेको जम्मा जम्मी १५ वटा राँगा हो

जेठ २२ काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको उपलव्धि जम्मा जम्मी १५ वटा राँगा भएको ब्यंग्य गरेका छन् ।

सदनमा बोल्दै ओलीले यो भ्रमणबाट देशलाई अरु उपलव्धि भएको प्रमाणित नभएको भन्दै उनले चढेर आए पनि डोर्याएर ल्याए पनि १५ वटा राँगा चाँही आएको टिप्पणी गरे ।

उनले नागरिकता विधेयक सरकारले फिर्ता गरेर फेरी नयाँ सदनमा ल्याएर अघि बढाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस