धनकुटा नगरपालिकाबाट विवाह मण्डपबाटै बेहुलाबेहुली नियन्त्रण

धनकुटा, जेठ ३० गते । बालविवाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।

धनकुटा नगरपालिका –४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ ।

गत वैशाख १ गते नरेश र सफताले भागेर विवाह गरेको बेहुलीका बुबा आशिकले जानकारी दिनुभयो ।

धनकुटा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

उता बेहुलाकी आमा मैयाँले पनि आफू निरक्षर रहेको र कसैले पनि विवाह गराउन नहुनेबारे जानकारी नगराउँदा यस्तो अवस्था आइपरेको बताउनुभयो । आमा मैयाँ र बाबु कृष्ण सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस