सरकारले नागरिकता नदिएको भन्दै एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं, ३० जेठ । काठमाडौंको माइतीघर मण्डलामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । सरकारले नागरिकता नदिएको भन्दै ती व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् । लामो समयदेखि नागरिकता माग्दै आन्दोलनमा बसेका निरज कामतले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

प्रहरीले ती व्यक्तिलाई उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगेको छ ।

 

प्रतिक्रिया दिनुहोस