पाकिस्तानको कराँचीमा कारखाना काम गर्ने ७० भन्दा बढी कामदार लुटिए

कराँची— पाकिस्तानको कानून र व्यवस्थाको अवस्था बिग्रँदै जाँदा, कराचीको शाह फैसल सहरमा ७० भन्दा बढी कारखानामा काम गर्ने कामदारहरू लुटिएको एआरवाई न्यूजले रिपोर्ट गरेको छ।

उल्लेखनीय छ, डाँकाहरू मोटरसाइकल सवार थिए। उनीहरुले पहिले छाला कारखानाका मजदुर बोकेको बस रोकेर लुटपाट गरी फरार भएका थिए ।

सबै मजदुरका मोवाइल लुटेराहरुले लुटेका छन् । ७० औद्योगिक कामदारमध्ये ८ जना महिला थिए भने ६२ जना पुरुष थिए । सिसिटिभीको रिर्पोट पछि प्रहरीले एफआईआर दर्ता गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

यसरी लुटपाट भएको यो घटना पहिलो पटक होइन। यसअघि सेप्टेम्बर ७ मा कराचीको कोरङ्गी जिल्लामा लुटपाटको प्रतिरोध गर्ने क्रममा हतियारधारी लुटेराहरूले एक बाबु छोराको निर्ममतापूर्वक हत्या गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कोरङ्गीले हतियारधारी लुटेराहरूको प्रतिरोधका कारण बुबा छोराको पुस्तक पसलमा हत्या भएको सञ्चारमाध्यमलाई बताए। ७० वर्षीय मुहम्मद हसन र ३७ वर्षीय असद मारिएका पुरुषको पहिचान भएको एआरवाई न्यूजले जनाएको छ।

यसैबीच, अगस्टमा एक ट्याक्सी चालकलाई अज्ञात आक्रमणकारीहरूले कराची नजिकै लुटपाटको क्रममा गाडी नरोक्दा गोली हानी हत्या गरेका थिए।

पाकिस्तान अहिले सबैभन्दा खराब समयको सामना गरिरहेको छ किनकि राष्ट्रले खाद्य संकट, रुपैयाँको अवमूल्यन, बिजुलीको अभाव र आक्रमणहरू देखिरहेको छ। यही कारणले मुलुकमा अपराधिक घटना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस