बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री ?

१ असार, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ कायम भएका छ । बिहीबार चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस