स्कारपियो दुर्घटना हुँदा चापाकोटका पूर्वमेयर शिव गिरीको मृत्यु

असार २, काठमाडौँ । गाडी दुर्घटनामा परी स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ। शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो।

चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो। प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस